काठमाण्डौ । साताको चौथो दिन आज दिनभरजसो तलमाथि गरेको सेयर बजार अन्तिम समयमा १३.६८ अंकले घटेर बन्द भएको छ।
घटेको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) पहिलो स्थानमा रहेको छ। नासाको सेयर बिक्रीभन्दा खरिद बढी देखिउको छ। नासाले ६ करोड ३६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ६ कारोड १३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ।
कारोबारका हिसाबले दोस्रो स्थानमा आज भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ५ करोड ७९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ४ करोड १ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रो स्थानमा रहेको सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)ले सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ५७ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ३ करोड ४९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ।
त्यसैगरी चौथो स्थानमा डाइनामिक मनीम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) को बिक्री बढी देखिएको छ। यो ब्रोकरले ५ करोड ४१ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा २ करोड ५८ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
कारोबारका हिसाबले पाँचौँमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले ३ करोड ४३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ४० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) कारोबारका हिसाबले छैटौँ स्थानमा रहेको छ। यो ब्रोकरले २ करोड ९९ लाख रुपैयाँको बिक्री गरेको छ भने २ करोड ८४ लाख रुपैयाँको खरिद गरेको छ।
उच्च कारोबार गर्नेमा दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) सातौँ स्थानमा छ। यो ब्रोकरले २ करोड ८५ लाख रुपैयाँबराबरको सेयर खरिद तथा २ करोड ३८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ।
आठौँ स्थानमा कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)ले २ करोड ६० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड ५६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ।
नवौँ स्थानमा जेएफ सेक्युरिटिज (स्टक ब्रोकर नं. ७) रहेको छ। यसले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ३ करोड ९५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने १ करोड ६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
दसौँ स्थानमा रहेको दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं ३३)ले २ करोड ६४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड १६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19