काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स ४२.१४ अंकले घटेर १९६४ विन्दुुमा कायम हुन पुगेको छ।
नेप्सेमा रहेका १३ उपसूचक नै राताम्मे भएका छन्। जीवन बीमा उपसूचक २.९७ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.५९ प्रतिशतले घटेको छ।
आजदेखि मात्रै दोस्रो बजारमा कारोबारमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ। कम्पनीको सेयरभाउ १.७३ प्रतिशत अर्थात् ८.४० रुपैयाँले बढेर ४९५ रुपैयाँमा कायम भएको छ।
पहिलो कारोबार दिनमै कम्पनीको २४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ। आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा दुईवटा जीवन बीमा कम्पनीमात्रै परेका छन्। रिलायबलको २४ करोड र आइएमई लाइफको ४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ४.४४ प्रतिशतले घटेर ४९५ रुपैयाँमा कायम हुन पुगेको छ।
त्यस्तै, सूर्यज्योति लाइफको ४.१७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.८८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.४७ प्रतिशत, नेशनल लाइफको ३.७३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.६२ प्रतिशत, युनााइटेड अजोडको ३.५८ प्रतिशत, हिमालयन लाइफको ३.४२ प्रतिशत, आइएमई लाइफको ३.२५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.१६ प्रतिशत र सानिमा जीआईसीको २.९६ प्रतिशतले घटेको छ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको २.८९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.८५ प्रतिशत, नेपाल लाइफको २.६३ प्रतिशत, एशियन लाइफको २.५७ प्रतिशत, एलआईसी नेपालको २.२५ प्रतिशत, शिखर इन्स्योरेन्सको १.५७ प्रतिशत, सलिकोको १.५३ प्रतिशत, एनएलजीको ०.९१ प्रतिशत र नेको इन्स्योरेन्सको ०.५७ प्रतिशतले घटेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19