 
                     
                                
                             
                                    काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक आज १९.४२ अंकले घटेर २०१० विन्दुमा कायम हुन पुगेको छ। सेन्सेटिभ इन्डेक्स ३.१० अंकले घटेको छ।
सेयर बजारमा घटे पनि आज २ अर्ब ३२ करोड रुपैयाँ माथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्सबाहेकका सबै इन्डेक्स राताम्मे भएका छन्। बीमा समूहका उपसूचकहरु जीवन बीमा इन्डेक्स १.४६ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स १.४५ प्रतिशतले घटेको छ।
दुवै इन्डेक्स घटेकाले आज सबै बीमा कम्पनीहरुको सेयरभाउ घटेको छ। सर्वाधिक रिलायबल नेपाल लाइफको सेयरभाउ ४.३६ प्रतिशत अर्थात् २१.१० रुपैयाँले घटेर ४६३.१० रुपैयाँ कायम भएको छ।
त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सको ३.३६ प्रतिशतले घटेर ५७५ रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ३ प्रतिशतले घटेर ४५५.९० रुपैयाँ कायम भएको छ।
यसका साथै हिमालयन एभरेस्ट इन्स्योरेन्सको २.५९ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५२ प्रतिशत, आईएमई लाइफको २.१५ प्रतिशत, हिमालयन लाइफको १.८९ प्रतिशत, आईजीआई प्रुडेन्सियलको १.७१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६० प्रतिशत, एशियन लाइफको १.५१ प्रतिशत, नेकोको १.४७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२४ प्रतिशत, एलआईसी नेपालको १.०४ प्रतिशत, नेसनल लाइफको ०.८२ प्रतिशत, एनएलजीको ०.७५ प्रतिशत, नेपाल लाइफको ०.५८ प्रतिशत, युनाइटेड अजोडको ०.५६ प्रतिशत र सूर्यज्योति लाइफको ०.३६ प्रतिशतले सेयरभाउ घटेको छ।
त्यस्तै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा दुई जीवन बीमा कम्पनी परेका छन्। सन नेपाल लाइफको ९ करोड ७३ लाख र रिलायबल नेपाल लाइफको ७ करोड ५४ लाख रुपैयाँ माथिको कारोबार भएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19