काठमाण्डौ । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स आज १८ अंकले घटेर २००४ को विन्दुमा बन्द भएको छ।
बजारमा आज कारोबार रकम समेत घटेको छ। हिजो २ अर्ब माथिको कारोबार भएको बजारमा आज १ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ।
नेप्सेमा रहेका सबै सबइन्डेक्सहरु रातामे भएका छन्। बीमा समूहका दुवै उपसूचक आज घटेका छन्। जीवन बीमा सबइन्डेक्स ०.८१ प्रतिशत र निर्जीवन बीमा सबइन्डेक्स ०.९४ प्रतिशतले घटेको छ।
बीमा उपसूचकहरु राताम्मे हुँदा आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ। सर्वाधिक नेपाल इन्स्योरेन्सको १.३८ प्रतिशत अर्थात् ११ रुपैयाँले बढेर सेयरभाउ ८१० रुपैयाँ पुगेको छ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ०.६१ प्रतिशतले बढेर सेयरभाउ ४८१ रुपैयाँ पुगेको छ, भने रिलायबल नेपाल लाइफको ०.२७ प्रतिशतले बढेर सेयरभाउ ४७९ रुपैयाँ पुगेको छ।
यता एसियन लाइफ इन्स्योरेन्सकोे सेयरभाउ ०.२६ प्रतिशतले बढेर ६८५ रुपैयाँ र एलआईसी नेपालको सेयरभाउ ०.०१ प्रतिशतले बढेर १४११.१० रुपैयाँ पुगेको छ।
अधिकांश बीमा कम्पनीहरुको सेयरभाउ आज घटेका छन्। सर्वाधिक भाउ घट्ने कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। कम्पनीको सेयरभाउ १.९३ प्रतिशत अर्थात् १०.७० रुपैयाँले घटेर ५४४ रुपैयाँ ५० पैसामा कायम भएको छ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.८९ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १.९० प्रतिशत, नेकोको १.८३ प्रतिशत, हिमालयन लाइफको १.७२ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.७३ प्रतिशत, नेसनल लाइफको १.७० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.६८ प्रतिशत, आईजीआई प्रुडेन्सियलको १.१५ प्रतिशत, नेपाल लाइफको १.१४ प्रतिशत, आइएमई लाइफको १.०२ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०१ प्रतिशत, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ०.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.७९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६७ प्रतिशत र सलिकोको ०.२१ प्रतिशतले सेयरभाउ घटेको छ।
त्यस्तै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा दुई जीवन बीमा कम्पनीमात्रै परेका छन्। सन नेपाल लाइफको सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ५ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19