काठमाण्डौ । बजार घट्दा मंगलबार उच्च कारोबार गर्ने टप १० ब्रोकरमध्ये ५ वटाले सेयर बिक्रीभन्दा खरिद बढी गरेका छन् भने ५ वटाले बढी बिक्री गरेका छन्।
आजको टप कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को बिक्री बढी देखिन्छ। नासाले १३ करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने ९ करोड ६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ।
कारोबारका हिसाबले आज दोस्रो नम्बरमा डाइनमिक सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरले सेयर विक्री बढी गरेको छ। यो ब्रोकरले ९ करोड ४३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ भने ७ करोड ६७ लाख रुपैयाँबराबरको खरिद रहेको छ।
तेस्रोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ। यो ब्रोकरले ७ करोड ८८ लाख रुपैयाँबराबर सेयर बिक्री गरेको छ भने ८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
त्यसैगरी चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)को पनि बिक्री बढी देखिएको छ। यो ब्रोकरले ७ करोड ४८ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ५ करोड ९२ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
पाँचौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरले ५ करोड ५८ लाख रुपैयाँको बिक्री गरेको छ भने ७ करोड १७ लाख रुपैयाँको खरिद गरेको छ।
कारोबारका हिसाबले दीपशिखा सेक्युरिटिज (स्टक ब्रोकर नं. ३८) छैटौँ स्थानमा छ। यो ब्रोकरले ७ करोड ५९ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा ५ करोड रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ।
सातौँ स्थानमा रहेको एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)ले खरिदभन्दा सेयर बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ६ करोड ३१ लाख रुपैयाँको सेयर बिक्री गरेर ५ करोड ३७ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
त्यसैगरी आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) आठौँ स्थानमा छन्। यो ब्रोकरको बिक्रीतर्फ ६ करोड २ लाख रुपैयाँ तथा खरिदतर्फ ५ करोड ३३ लाख रुपैयाँ रहेको छ।
नवौँमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)ले ५ करोड ८९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ४ करोड ७७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले खरिद बढी गरेको छ।
कारोबारका हिसाबले दसौँ स्थानमा अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६) रहेको छ। यो ब्रोकरले ६ करोड ६१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ६० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19