काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सुरुआती समय बढेको सेयर बजार अन्तिम समयमा एकाएक २१ अंकले घटेको छ। 

ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले तरल राजनीतिक अवस्था देखाएर लगानीकर्तालाई तर्साएर सेयर कुम्लाएको आरोप लगाएका छन्। सरकारमा जो आए पनि बजारलाई त्यति ठूलो असर नपर्ने भए पनि लगानीकर्तालाई अत्याएर सेयर केही कुम्लाएको आरोप पनि उनीहरुको छ। 

आज उच्च कारोबार गर्ने १० ब्रोकरमा ६ वटाको बिक्री बढी देखिएको छ भने ४ वटाको खरिद बढी रहेको देखिन्छ। 

उच्च कारोबार गर्नेमा पहिलो स्थानमा रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को खरिद बढी देखिन्छ। नासाले १५ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने ७ कारोड ५४ लाख रुपैयाँबराबरको सेयरमात्रै  बिक्री गरेको देखिएको छ। यस हिसाबले यो ब्रोकरको बिक्रीभन्दा खरिद दोब्बर रहेको छ। 

कारोबारका हिसाबले आज दोस्रोमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर बिक्री बढी गरेको छ। यो ब्रोकरले ७ करोड ४५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ९ करोड २९ लाख रुपैयाँबराबरको बिक्री गरेको  छ। 

तेस्रोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले पनि सेयर खरिदभन्दा बिक्री नै बढी गरेको छ। यो ब्रोकरले ६ करोड ८७ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ७ करोड १५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। 

त्यसैगरी चौथो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) को पनि बिक्री  बढी देखिएको छ। यो ब्रोकरले ६ करोड ५३ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ७ करोड ३० लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

पाँचौँ स्थानमा दीपशिखा सेक्युरिटिज (स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरले ४ करोड ५८ लाख रुपैयाँको खरिद गरेको छ भने ७ करोड ६४ लाख रुपैयाँको बिक्री गरेको छ। 

कारोबारका हिसाबले आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५  करोड ५७ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ५ करोड ८५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ। 

सातौँ स्थानमा रहेको श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८)ले खरिदभन्दा सेयर बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ७८ लाख रुपैयाँको सेयर खरिद गरेर ५ करोड ८५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

त्यसैगरी एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) आठौँ स्थानमा छन्। यो ब्रोकरको खरिदतर्फ ५ करोड ३८ लाख रुपैयाँ तथा बिक्रीतर्फ ४ करोड ८६ लाख रुपैयाँ रहेको छ। 

नवौँ स्थानमा रहेको अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६ ) ले ६ करोड रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ४९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले खरिद बढी गरेको देखिन्छ। 

कारोबारका हिसाबले दसौँ स्थानमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) रहेको छ। यो ब्रोकरले ४ करोड ६९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ४ करोड ३३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

आजका टप कारोबारमा केही ठूला ब्रोकरले भने बजार घट्दा खरिद बढाएको देखिन्छ।