काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार अन्तिम समयमा २४.४४ अंकले घटेको छ। पछिल्लो राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा दबाब सिर्जना भएको जानकारहरु बताउँछन्।
दोहोरो अंकले बजार घट्दा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ६ वटाको सेयर खरिद बढी र ४ वटाको बिक्री बढी रहेको देखिन्छ।
आजको उच्च कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) नै रहेको छ। नासाले आज सेयर बिक्री बढी देखिन्छ। नासाले २० करोड २६ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ८ कारोड ७५ लाख रुपैयाँबराबरको सेयरमात्रै खरिद गरेको देखिएको छ।
उच्च कारोबार गर्ने इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) दोस्रो स्थानमा छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ६ करोड ६९ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ४ करोड ९८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रो स्थानमा रहेको श्रीकृष्ण अनलाइन सेक्युरिटिज (टक ब्रोकर नं. २८)ले पनि सेयर खरिदभन्दा बिक्री नै बढी गरेको छ। यो ब्रोकरले ८ करोड ५३ लाख रुपैयाँबराबर सेयर बिक्री गरेर २ करोड ८० लाख रुपैयाँको मात्र सेयर खरिद गरेको छ।
चौथो स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) को पनि खरिद बढी देखिन्छ। यो ब्रोकरले ६ करोड ११ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ४ करोड ९४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
पाँचौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरले ५ करोड ६१ लाख रुपैयाँको बिक्री गरेर २ करोड ९९लाख रुपैयाँबराबरको खरिद गरेको छ।
कारोबारका हिसाबले दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५ करोड १५ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ३ करोड ३५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले सेयर बिक्री बढी गरेको छ।
सातौँ स्थानमा रहेको सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)ले सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड १४लाख रुपैयाँको सेयर खरिद गरेर ४ करोड १० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
त्यसैगरी एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) आठौँ स्थानमा छन्। यो ब्रोकरको बिक्रीतर्फ ५ करोड ३६ लाख रुपैयाँ तथा खरिदतर्फ २ करोड ८७ लाख रुपैयाँ रहेको छ।
नवौँमा आर्यतारा इन्भेस्मेन्ट(स्टक ब्रोकर नं. ५७)ले ४ करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ४१ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले खरिद बढी गरेको छ।
कारोबारका हिसाबले दसौँमा अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६) रहेको छ। यो ब्रोकरले ४ करोड ४७ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १ करोड ८६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19