काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ।
बजार आज ३३.३६ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९८९.२६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.०५ अंकले घटेर ३८५.७० को विन्दुमा झरेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल केही बैंकहरुले एफडीमै १३ प्रतिशतसम्म ब्याज दिएको खबरले बजार प्रभावित भएको बताउँछन्। ‘यसले कर्जाको ब्याजदर पनि बढ्न सक्ने देखेर लगानीकर्ताहरुको मनोबल घटेको हुन सक्छ’, उनले भने, ‘यही कारणले लगानीकर्ताहरुले स्टप लस गरेका हुन सक्छन्।’
अहिले प्राविधिक विश्लेषण गरेर लगानी गर्नेहरुको संख्या बढेको उल्लेख गर्दै लम्सालले प्राविधिक विश्लेषकहरुको भर पर्दा बजार प्रभावित भएको आरोप लगाए।
अर्का बजार जानकार महेश रिजाल प्राविधिक विश्लेषणलाई आधार मानी लगानी गर्ने जमात बढ्दा बजार प्रभावित भइरहेको बताए। ‘जलविद्युत तथा इन्स्योरेन्सका प्रमोटरहरुले सेयर बेचेर लगेको पैसा बजारमा फिर्ता नआउँदा बजार खस्केको हुन सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड मात्रै ०.५३ प्रतिशतले उकालो लागेको छ।
आज वित्त समूह सर्वाधिक ३.७४ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७८ प्रतिशत, व्यापार समूहमा २.५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६३ प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२७ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा २.२५ प्रतिशत, जीवन बीमा समूहमा १.२२ प्रतिशत र लगानी समूहमा २.४६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण काबेली पावरको सर्वाधिक १० करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ७ करोड १५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ६ करोड २२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड २० लाख रुपैयाँ, रिडी पावरको ५ करोड ९४ लाख रुपैयाँ, राधी विद्युतको ५ करोड १४ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ४१ लाख रुपैयाँ, युनिभर्सल पावरको ४ करोड २५ लख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ४ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दिन राधी विद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।
यो दिन रुरु जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago