काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २३.५२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३७२.३७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार मुक्ति अर्याल विविध कारणले बजार घटेको बताउँछन्। ‘मुख्य कुरा ब्याजदर नै हो’, उनले भने, ‘अहिले बजारमा ब्याजदर अझै बढ्छ कि भन्ने लगानीकर्तामा डर छ।’
आजको बजार घटाइ सेटलमेन्टको असर पनि हुन सक्ने अर्यालको भनाइ छ।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार १८०० देखि २००० को बीचमा नै चल्ने बताउँछन्। ‘ब्याज अधिक पुगेको अवस्था छ’, उनले भने, ‘विश्व अर्थतन्त्रमा पनि मन्दी आएको छ। जसको प्रभाव विश्वका सबै सेयर बजारमा परेको छ।’
यो अवस्थामा तत्काल नाफा नआउने देखेर नै बजारमा बिक्रीचाप परेको हुन सक्ने न्यौपाने बताउँछन्।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
आज वित्त समूह सर्वाधिक २.४६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६८ प्रतिशत, व्यापार समूहमा १.१८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा १.४२ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२९ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा ०.७८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२ प्रतिशत र लगानी समूहमा १.७२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३१ लाख १४ हजार ६८९ कित्ता सेयर १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक १० करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा बैंकको ३ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ३३ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ३० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड ७३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ५५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ५१ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मन्दाकिी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन अपर हेवाखोला हाइड्रोपावरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago