काठमाण्डौ । धितोपत्र कारोबार हुने सातोका पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८८.५५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.७२ अंकले घटेर ३५५.७५ को विन्दुमा ओर्लेको छ। कारोबर रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार बढ्न नसकेको बताउँछन्। ‘अहिले लगानीकर्ताहरु नीतिगत व्यवस्थामा फेरबदल नहुँदा निराश बनेका छन्’, उनले भने, ‘सोही कारणले पनि बजार बढ्न नसकेको हो।’
सरकारभन्दा राष्ट्र बैंकले लगानीकर्ताको मनोबल बढाउने खाले नीति ल्याउनुपर्ने बास्तोलाको बताउँछन्। ‘किनकि राष्ट्र बैंक कसिलो नीति र बैंकहरुले ऋण असुलीका लागि सोझासाझा लगानीकर्तालाई बढी दबाब दिँदा समस्या आएको हो’, उनले भने।
बजार जानकार महेश रिजाल बजारमा चैतको प्रभाव परेको बताउँछन्। ‘चैतमा बैंकको किस्ता बुझाउनुपर्ने हुन्छ’, उनले भने, ‘अर्कोतर्फ लगानीकर्ताको मनोबल बढिसकेको देखिँदैन।’
वैशाखबाट ब्याजदर घट्ने भएकोले बजार अब धेरै तल नजाने पनि रिजाल बताउँछन्। १८५० बाट नै बजार माथि फर्किने रिजाको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक २.५८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.६३ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०८ प्रतिशत, विकास बैंक समूहमा १.१७ प्रतिशत, वित्त समूहमा १.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६० प्रतिशत, लगानी समूहमा १.१५ प्रतिशत, जीवन बीमा समूहमा ०.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा १.०५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५४ प्रतिशत र अन्य समूहमा ०.७७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ५ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ४ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको ३ करोड ७३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४५ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँ, सुपर माई हाइड्रोपावरको २ करोड ३२ लाख रुपैयाँ, अपर तामाकोशीको १ करोड ९६ लाख रुपैयाँ र कुमारी बैंकको संस्थापक सेयरको १ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज कालिञ्चोक दर्शनका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यो दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago