– अर्जुन तिमिल्सिना
काठमाण्डौ । गत साता सेयर बजार ४३ अंकले बढ्दा कारोबार ५६.६० प्रतिशतले वृद्धि भएको थियो। गत साताभरि ३७ अर्ब ६० करोड रुपैयाँको भयो। जुन औसत हिसाबले ७.५ अर्ब रुपैयाँ हुन आउँछ।
गत साता सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले कमाए। उनीहरुले एक सातामै ६०.७६ प्रतिशत रिटर्न पाएका छन्। सबैभन्दा धेरै एनसीसी बैंकका संस्थापक सेयर लगानीकर्ताले गुमाएका छन्।
गत साता बजार करिब २६७४ अंकमा पुगेर बन्द भएको छ। गत साता सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रका लगानीकर्ताले १५.४७ प्रतिशत कमाए भने वित्त क्षेत्रका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाएका छन्।
प्राविधिक पक्षबाट हेर्दा गत साता ५ वटै मैनबत्ती कालो बनेको देखिन्छ। एमएसीडी लाइन बुलिस छ तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएको देखिन्छ।
फिबोनासी एक्सटेन्सनका अधारमा बजार
यो औजारको मुख्य सार भनेको बजार एकपटक बढेर घट्दा बढेको मूल्य तथा अनुपातमा कति प्रतिशतले घट्छ र एकपटक घटिसकेपछि बढ्न सुरु गर्दा घटेको मूल्य तथा अनुपातको कति प्रतिशतले बढ्छ भन्ने हो। यसमा प्रयोग हुने अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशतका छन्। यो सिद्धान्तलाई आधार मान्दा यदि आगामी दिनमा नेप्से परिसूचकमा १.६१ प्रतिशतको वृद्धि भएमा बजार २८३१.०५ विन्दुमा पुग्नेछ। त्यसैगरी २.६१ प्रतिशतको वृद्धि भएमा ३१०८.९९, ३.६१ प्रतिशतको वृद्धि भएमा ३३८१ र अझै ४.२५ प्रतिशतको वृद्धि भएमा ३५५८.०४ विन्दुसम्म बजार पुग्ने देखिन्छ।
वाणिज्य बैंक
वाणिज्य बैंकमा एमएसीडी लाइन बुलिस रहेको छ। गत मार्च ३१ मा बुलिस क्रसाओभर बनेको र हालसम्म पनि भ्यालिड रहेकोले आगामी दिनमा यो सेक्टरमा उछाल आउनसक्ने अनुमान लगाउन सकिन्छ। हाल आरएसआई ५५.४५ रहेको देखिन्छ। यो आधारमा यो समूहको आरएसआई न्युट्रल जोनमा रहेको छ। यदि आगामी कारोबारमा यो विन्दु ६० भन्दा माथि गए ओभर बट जोन ९० सम्म पुग्न सक्छ। हाल १८२०.९५ मा रहेको यो समूहको सूचक आगामी कारोबारमा १.२३ प्रतिशतको वृद्धि भएमा १९६२, १.६१ प्रतिशतको वृद्धिमा २१२० र २.६१ को वृद्धि भएमा २२६४ विन्दुसम्म पुग्ने देखिन्छ।
विकास बैंक
विकास बैंक समूहमा पनि एमएसीडी लाइन बुुलिस नै रहेको छ। हिस्टोग्रामहरु सकारात्मक क्रमशः लामो–लामो भएका छन्। आरएसआई ७० को जोनमा छ। यो भनेको ओभर बट जोनमा पुगेको हो तर बुलिस समयमा यो बिन्दु कहिलेकाहीँ लामो समय ७० को विन्दु माथि नै पनि रहन सक्छ। यो ९५ प्रतिशतसम्म पुग्न सक्छ। हाल यो समूहको सूचक २७५५.५४ रहेको छ। फिबोनासी एक्सटेन्सनअन्तर्गत आगामी दिनमा बजार बढेमा १.६१ प्रतिशतको वृद्धि २८८८ र २.२३ को वृद्धि ३०८६ विन्दुसम्म पुग्न सक्छ।
जलविद्युत्
जलविद्युत् समूहको एमएसीडी लाइन पनि बुलिस नै रहेको छ भने हिस्टोग्राम सकारात्मक तर विस्तारै–विस्तारै छोटा–छोटा भएका छन्। यो सेक्टरको आरएसआई ७७.५५ रहेको छ। यो भनेको अभर बट जोनमा पुगेको हो। यसले आगामी कारोबार केही सुधार हुँदै जाने पनि हुन सक्छ। यो सेक्टरको हालको विन्दु २६१४.३९ रहेको छ। जुन अघिल्लो हप्ताभन्दा ५.७१ प्रतिशतको बढोत्तरी हो। फिबोनासी एक्सटेन्सनअन्तर्गत यदि बजार आगामी दिनमा बढेमा ३.६१ प्रतिशतको बढोत्तरी २७९१ र ४.२३ प्रतिशतको बढोत्तरी ३००० विन्दुसम्म पुग्न सक्छ।
निर्जीवन
निर्जीवन समूहमा पनि एमएसीडी लाइन बुलिस सिग्नल कायम नै छ। आरएसआई ५८.५२ को तहमा छ। बढ्दा उच्च तह ७३.७४ र घट्दा न्यून ३६.२९ मा आएको थियो। यो भनेको न्युट्रल जोनमा रहेको भन्ने बुझिन्छ। यो समूहको हालको सूचक १३५८५.०४ रहेको छ। आगामी दिनमा बजार बढेमा फिबोनासी एक्सटेन्सनअन्तर्गत १ प्रतिशतको बढोत्तरी १३५८५ र १.६१ प्रतिशतको बढोत्तरी १४८६५.५७ विन्दुसम्म पुग्ने देखिन्छ।
जीवन बीमा
जीवन बीमा समूहअन्तर्गत एमएसीडी लाइन बुलिस नै रहेको छ तर हिस्टोग्राम नेगेटिभ तथा छोटा–छोटा भएकाले बियरिस क्रसओभरको सम्भावना देखिन्छ। तर, आगामी कारोबारलाई हेरेरमात्रै यो निर्णय लिन सकिन्छ। आरएसआई ५०.९२ को तहमा छ। यो भनेको न्युट्रल जोनमा रहेको हो। हालको परिसूचक १७२१५.९२ रहेको छ। आगामी दिनमा बजार बढेमा फिबोनासी एक्सटेन्सनअन्तर्गत १.२३ प्रतिशतको वृद्धि १९०८६, १.६१ प्रतिशतको वृद्धि २११५१ र २.२३ प्रतिशतको वृद्धि २३२१७ विन्दुसम्म पुग्न सक्छ।
लघुवित्त
लघुवित्त समूहमा पनि एमएसीडी लाइन बुलिस नै रहेको छ। आरएसआई भने ओभर बट जोन ७८ प्रतिशत रहेको छ। हालको इन्डेक्स ५१८६.१२ रहेको छ। फिबोनासी एक्सटेन्सनअन्तर्गत १.६१ प्रतिशतको बढोत्तरी ५१८६ को बिन्दु रहेको छ भने २.२३ को बढोत्तरी ५६४१ र ३.६१ को बढोत्तरी ६६०६ सम्म पुग्न सक्छ।
नोट : यहाँ तोकिएको मूल्य तथा इन्डेक्स विभिन्न औजारहरुले देखाएको संकेतका आधारमा अनुमान गरिएको हो। सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। त्यसैले लगानी गर्नुपहिले कम्पनीको वित्तीय अवस्था अध्ययन गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago