काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको चौथो दिन पनि सेयर बजारमा चमक कायमै रहेको छ।
दिनभर उतारचढावका बीच सेयर बजारमा १८ अंकको बढोत्तरी आएको छ। आज बजारमा ६ अर्ब ६१ करोड रुपैयाँबराबरको कारोबार भयो। आज पनि सबैभन्दा बढी सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) नै परेको छ। आज पनि नासाले बिक्रीभन्दा बढी खरिद गरेको देखिन्छ।
नासाले आज हिजोको भन्दा करिब १० करोड रुपैयाँले बढी खरिद गरेको छ। आज नासाले ५६ करोड ३ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने ४९ करोड ८५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
आज उच्च कारोबार गर्ने दोस्रो कम्पनीमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ। यो ब्रोकरले भने खरिद र बिक्रीबराबर जस्तो गरेको छ। यो ब्रोकरले ३२ करोड ८९ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै ३२ करोड २३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रोमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ। यो ब्रोकरले ३१ करोड ९९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ३० करोड २१ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
उच्च कारोबार गर्ने सूचीमा चौथो स्थानमा रहेको भिजन सेक्युरिटिज स्टक (ब्रोकर नम्बर ३४) ले ३२ करोड २७ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २३ करोड ७३ लाखबराबरको बिक्री गरेको छ। पाँचौँ नम्बरमा रहेको आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) ले २२ करोड ४३ लाख रुपैयाँको खरिद गरेको छ भने २२ करोड ४३ लाख रुपैयाँबराबरकै बिक्री गरेको छ।
छैटौँमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) ले २४ करोड ७८ लाख रुपैयाँको सेयर खरिद गरेको छ। यो ब्रोकरले १९ करोड ४५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
सातौँमा श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८) ले २१ करोड ६७ लाख रुपैयाँबराबरको सेयर खरिद गरी २० करोड रुपैयाँबराबर बिक्री गरेको छ। आठौँमा दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) ले २१ करोड ८२ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै १७ करोड २४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। नवौँमा नेपाल स्टक हाउस (स्टक ब्रोकर नं. १४) ले १३ करोड रुपैयाँबराबरको सेयर खरिद गरेको भने २० करोड १६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
यसैगरी उच्च कारोबार गर्ने ब्रोकरको सूचीको दसौँ स्थानमा डाइनामिक मनी म्यानेजमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४४) रहेको छ। यो ब्रोकरले १५ करोड ४३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको भने १८ करोड ७२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19