काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार दोहोरो अंकले उकालो लागेको छ। 

बढेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीको पहिलो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। यो ब्रोकर सेयर बिक्रीभन्दा पनि खरिद बढी देखिन्छ। नासाले ८ करोड ८१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने ५ कारोड ५८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

दोस्रो उच्च कारोबार गर्नेमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरले पनि सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ६ करोड ३० लाख रुपैयाबराबरको सेयर खरिद गरेको छ भने ४ करोड १० लाख रुपैयाँबराबरको बिक्रि गरेको  छ। 

उच्च कारोबार गर्ने सूचीको तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं.४९) रहेको छ। यो ब्रोकरले भने सेयर बिक्री बढी गरेको छ। यो ब्रोकरले ४ करोड ६१ लाख रुपैयाँबराबर सेयर बिक्री गरेर ३ करोड ६१ लाख रुपैयाँको सेयर खरिद गरेको छ। 

चौथो स्थानमा रहेको डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) को सेयर बिक्री बढी देखिएको छ। यो ब्रोकरले ४ करोड ३२ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ३ करोड ४४ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

कारोबारका हिसाबले पाँचौँ स्थानमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) रहेको छ। यो ब्रोकरले ४ करोड ३० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड ५४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

छैटौँ स्थानमा रहेको नेपाल स्टक हाउस (स्टक ब्रोकर नं. १४)  यो ब्रोकरले ४ करोड २३ लाख रुपैयाँको बिक्री गरेको छ भने २ करोड ११ लाख रुपैयाँको खरिद गरेको छ।

उच्च कारोबार गर्नेमा दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८)   सातौँ स्थानमा छ। यो ब्रोकरले ३ करोड ४२ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा २ करोड २४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले सेयर बिक्री बढी गरेको छ।

आठौँ स्थानमा रहेको आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)ले ३ करोड ११ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड २६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यसले सेयर बिक्री बढी गरेको छ। 

इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं ४५) नवाँै स्थानमा रहेको छ। इम्पेरियलले सेयर बिक्री बढी गरेको छ। यो ब्रोकरले २ करोड ८४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने २ करोड ५३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।

दसौँ स्थानमा रहेको सनी सेक्युरिटिज (ब्रोकर नं ४२) रहेको छ। यो ब्रोकरले २ करोड ८५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड २० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।