काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार ३२.३ अंकले बढेर बन्द भएको छ। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता लामो समयदेखि लगातार  घटेको बजारमा सुधार आउँदा उत्साहित देखिन्थे। अब बजारलाई सकारात्मक महौल बन्नेमा उनीहरु आशावादी पनि देखिए। 

आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीको पहिलो स्थानमा कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) रहेको छ। यो ब्रोकरबाट सेयर खरिदभन्दा बिक्री बढी देखिन्छ। यसले १५करोड ८७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ६ कारोड २६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ। 

कारोबारका हिसाबले दोस्रोमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। यो ब्रोकरले पनि सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ९ करोड १० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने ८ करोड १८ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज(स्टक ब्रोकर नं. ३४) भने सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ। यो ब्रोकरले ९ करोड २५ लाख रुपैयाँबराबर सेयर खरिद गरेर ५ करोड ८ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। 

त्यसैगरी उच्च कारोबार गर्नेको सूचीमा डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) चौथो स्थानमा रहेको छ। यो ब्रोकरले पनि सेयर बिक्रीभन्दा खरिद बढी देखिएको छ। यो ब्रोकरले ७ करोड ८२ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ५ करोड ४३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

कारोबारका हिसाबले पाँचौँ स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले ६ करोड २१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ५ करोड ५४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरको पनि खरिद बढी देखिएको छ। 

छैटौँ स्थानमा रहेको दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३)ले ८ करोड १० लाख रुपैयाँको सेयर खरिद गर्दै २ करोड ५१ लाख रुपैयाँको बिक्री गरेको छ। दक्षिणकालीबाट सेयर बिक्रीभन्दा खरिद बढी भएको देखिन्छ।

कारोबारका हिसाबले अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) सातौँ स्थानमा रहेको छ। यो ब्रोरकले ६ करोड ५ लाखबराबरको सेयर खरिद गरेर ४ करोड ३० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसको पनि खरिद बढी देखिएको छ। 

आठौँ स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) रहेको छ। श्रीकृष्णबाट ७ करोड ६३ लाख बराबरको सेयर बिक्री भएको छ भने २ करोड ६२ लाख रुपैयाँबराबरको सेयर खरिद भएको छ। यसको बिक्री बढी देखिएको छ। 

नवौँ स्थानमा रहेको क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०)ले ६ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड १६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।

सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) कारोबारका हिसाबले १० औँ स्थानमा रहेको छ। यो ब्रोकरले ५ करोड ७० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ४४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।