काठमाण्डौ । साताको अन्तिम काराबारको दिन बिहीबार दिनभरि नै सेयर बजार सकारात्मक रह्यो। अन्तिम समयमा बजार ५०.०४ अंकले बढेर २००० को विन्दु माथि बन्द भएको छ।
ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले बैंकले ब्याजदरमा केही करेक्सन गरेको र आज राष्ट्रपतिको चुनावले आउने दिनमा राजनीतिक अन्यौलता हटाउँदै जाने तर्क गर्दै थिए। ‘त्यसैले अब बजारमा लगानी बढाउँदै जानुपर्छ’, ती लगानीकर्ताहरुले भने।
बजारको गतिलो बाउन्स ब्याकमा आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमध्ये ७ वटाको सेयर खरिद बढी र ३ वटाको बिक्री बढी देखिएको छ।
आजको उच्च कारोबार गर्नेको सूचीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) शीर्ष स्थानमा रहेको छ। नासाको खरिद बढी देखिन्छ। नासाले १२ करोड ५१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १० कारोड ८३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ।
कारोबारका हिसाबले दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ७ करोड ४५ लाख रुपैयाँको सेयर खरिद गरेर ५ करोड ९९ लाख रुपैयाँको बिक्री गरेको छ।
तेस्रो स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) रहेको छ। यो ब्रोकरले सेयर बिक्री बढी गरेको छ। यो ब्रोकरले ९ करोड १८ लाख रुपैयाँको सेयर बिक्री गरेर ३ करोड ८१ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
त्यसैगरी चौथो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) को पनि खरिद बढी देखिएको छ। यो ब्रोकरले ७ करोड २१ लाख रुपैयाँको सेयर खरिद गर्दा ५ करोड ४३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
पाँचौँ स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले ५ करोड ९९ लाख रुपैयाँको खरिद गरेको छ भने ४ करोड ७६ लाख रुपैयाँको बिक्री गरेको छ।
कारोबारका हिसाबले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५ करोड ६३ लाख रुपैयाँको सेयर खरिद गर्दा ५ करोड ११ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। यो ब्रोकरले खरिद बढी गरेको छ।
सातौँ स्थानमा रहेको दिपशिखा घितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८)ले खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ५ करोड ८८ लाख रुपैयाँको सेयर खरिद गरेर ४ करोड ५५लाख रुपैयाँको बिक्री गरेको छ।
त्यसैगरी सनी सेक्युरेटिज (स्टक ब्रोकर नं. ४२) आठौँ स्थानमा छ। यो ब्रोकरको बिक्रीतर्फ ४ करोड ७३ लाख रुपैयाँ तथा खरिदतर्फ ४ करोड ७२ लाख रुपैयाँ रहेको छ।
नवौँमा स्थानमा रहेको एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) ले ५ करोड ५ लाख रुपैयाँको सेयर खरिद गरेर ४ करोड १९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। यसले खरिद बढी गरेको देखिन्छ ।
कारोबारका हिसाबले दसौँमा डाइनामिक मनी म्यानेजर सेक्युरेटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरले ४ करोड ४८ लाख रुपैयाँको सेयर बिक्री गरेर ३ करोड २७ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19