काठमाण्डौ ।  साताको दोस्रो काराबारको दिन सोमबार दिनभर नै सेयर बजार सकारात्मक भएर अन्तिममा २२.६५ अंकले बढेर बन्द भएको छ। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले केही दिनदेखि घटेको बजारमा आज प्रधानमन्त्रीले विश्वासको मत पाउने र अर्थमन्त्री पनि छिट्टै बन्ने आशमा लगानीकर्ताले बिक्रीभन्दा खरिद बढाएको बताएका छन्। अब केही दिनमा सरकारले पूर्णता पाएपछि अन्यौल हट्दै जाने हुँदा अब बजारमा लगानी बढाउँदै जानुपर्ने उनीहरुको तर्क छ। 

आज बढेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमध्ये ५ वटाको सेयर खरिद र ५ वटा ब्रोकरको बिक्री देखिएको छ। 

उच्च कारोबार गर्ने ब्रोकरको शीर्ष स्थानमा आज पनि नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) नै रहेको छ। नासाको आज सेयर बिक्री बढी देखिन्छ। नासाले ९ करोड २४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ६ कारोड ८२ लाख रुपैयाँबराबरको सेयरमात्रै खरिद गरेको देखिएको छ। 

यसैगरी उच्च कारोबार दोस्रो ब्रोकरमा कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) रहेको छ। कोहिनुरले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ९ करोड ९२ लाख रुपैयाँको सेयर बिक्री गरेर ३ करोड ८८ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५)ले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ। यो ब्रोकरले ६ करोड ८३ लाख रुपैयाँबराबर सेयर खरिद गरेको ४ करोड ११ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

कारोबारका हिसाबले एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) चौथो स्थानमा रहेको छ। यो ब्रोकरले ६ करोड ८६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ३ करोड ९६ लाख रुपैयाँको बिक्री गरेको छ। 

त्यसैगरी पाँचौँ स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) को पनि सेयर बिक्रीभन्दा खरिद बढी देखिएको छ। यो ब्रोकरले ५ करोड ६७ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ४ करोड ८६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

उच्च कारोबार गर्नेको सूचीमा आज अनलाइन सेक्युरिटिज(स्टक ब्रोकर नं. ४९) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५ करोड ३३ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ४ करोड ९४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ। 

सातौँ स्थानमा रहेको सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६)ले खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ५ करोड १५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ५ करोड ६ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

त्यसैगरी अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६) आठौँ स्थानमा छ। यो ब्रोकरको खरिदतर्फ ४ करोड ७८ लाख रुपैयाँबराबर तथा बिक्रीतर्फ ४ करोड ५५लाख रुपैयाँबराबरको रहेको छ। 

नवौँमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) ले ४ करोड २४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ३ करोड ५९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यसको सेयर बिक्री बढी देखिएको छ। 

कारोबारका हिसाबले दसौँमा डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरले ३ करोड ६० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ३६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।