काठमाण्डौ । बुधबार बजारमा ९.७८ अंकको सुधार देखिए पनि अपेक्षित बढ्न सकेन । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मानिन्छ । यसरी हेर्दा बुधबारको बजारको वृद्धिलाई सामान्य मान्नुपर्छ । विश्लेषकहरुले अहिलेको बजार स्थिर हुनुु नै ठूलो कुरा भएको भन्दै बुधबारको बजारको प्रदर्शनलाई सकारात्मक भनेका छन् ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आएका कारण २.१२ अंकले सेन्सेटिभ इण्डेक्स वृद्धि भयो । यस्तै समग्र बजारको कारोबार मापक फ्लोट इण्डेक्स ०.८ अंकले बढ्यो ।
होटल र उत्पादनमूलक बाहेक बुधबार अन्य सबै समूहको सूचक हराभरा भए । ती सूचकमा सामान्य वृद्धि देखियो ।
वाणिज्य बैंक समूह ९.९४ अंकले बढ्यो भने विकास बैंक, बिमा, जलविद्युत, बित्त र अन्य समूह क्रमशः १४.०८, ५०.०६, २०.२६, २.०८ र ०.८६ अंकले बढ्यो । होटल समूहमा ६.३१ र उत्पादनमूलकमा ३.२६ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा कुल १ सय ३८ कम्पनीको १० लाख ७९ हजार ५ सय ७६ कम्पनीको सेयर ४८ करोड २९ लाख ८४ हजार २ सय ९४ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ७९ लाख बढीको कारोबार गर्यो । सानिमा बैंकले ३ करोड ७५ लाख, कुमारी बैंकले २ करोड ७८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ९६ लाख, नेपाल बैंक लिमीटेडले १ करोड ७२ लाख बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक र २ स्थान बिमा कम्पनीले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago