काठमाण्डौ । कारोबारको करिब पौने घण्टामा ३ प्रतिशत बढीले बजार घटेपछि सर्किट ब्रेकर लगाई बन्द गरिएको पूँजीबजारमा कारोबार खुले पनि नेप्से परिसूचक घट्न रोकिएको छैन । 

बजार खुले लगत्तै नेप्से परिसूचक ५७ अंक(३.८७ प्रतिशत)ले घटिसकेको छ । यो १२.०८ बजेको अपडेट हो । कारोबार रकम चाहि २३ करोडको हाराहारीमा पुुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जले आइतबार पनि सर्किट ब्रेक लगाएर खुलाएको बजार पुनः उच्च अंकमा घटेपछि लगानीकर्तालाई बजार घट्ने कुनै कारण नरहेको दाबी गर्दै सचेत गराए पनि त्यसको शून्य प्रभाव देखिएको छ । 

लगानीकर्ता अत्तालिएर सेयर बिक्रीको हतारोमा देखिएका छन् ।