काठमाण्डौ । बजार घट्ने क्रम नरोकिने अवस्था बन्दै गएको छ । नयाँ सरकारले सेयर बजारका लगानीकर्तालाई आफ्नो नीतिको बिषयमा आश्वस्त पार्न नसक्दा र अर्थमन्त्रीले आफ्नो अभिव्यक्तिको पुुष्ट्याई वा खण्डन गर्न नसक्दा बजारमा अन्यौल थप बढेको छ । यहीकारण आइतबारदेखि पहिरो गएको बजारमा मंगलबार कारोबार सुरु भएको पहिलो एकघण्टामा नेप्से परिसूचक १०.५७ अंकले घटिसकेको छ । एकघण्टाभित्र नेप्से परिसूचक १२७७.१७ अंकमा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा ५ करोड १८ लाख ५७ हजारको कारोबार भएको छ । होटल समूहमा ११.३ अंकको बढोत्तरी भए पनि यो अवधिसम्म बाँकी सबै समूहको सूचमा पहिरो गएको छ । 

पहिलो एकघण्टामा माइक्रोफाइनान्स, बिमा र अन्य समूहको सूचकले धेरै गुमाएका छन् । यी सबै समूहको सूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ ।