काठमाण्डौ । बजार खुलेको आधा घण्टामै नवील इक्वीटी फण्डको इकाई मूल्यमा पोजिटिभ सर्किट लागेको छ । 

नेप्सेले म्युचुअल फण्डको छुट्टै उपसमूह कार्यान्वयनमा ल्याएपछि पहिलोपटक कुनै म्युचुअल फण्डको इकाईमा यसरी पोजिटिभ सर्किट लागेको हो । 

यो स्किमको इकाई मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ । 

नवील इक्वीटी फण्ड नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंक लिमीटेडको प्रायोजनामा संचालित म्युचुअल फण्ड हो । 

फण्डको न्याभ बढेर ९ रुपैयाँ ४० पैसा पुगेको छ । यो भनेको प्रति इकाई न्यूनतम मूल्य भन्दा तलै हो ।