nepse
काठमाण्डौ । सोमबारको अत्यासलाग्दो पहिरो रोकिएला वा कम होला भन्ने अनुमान मंगलबार पनि गलत साबित हुने संकेत देखिएको छ ।
मंगलबार कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक उच्च अंकमा घटिरहेको छ । कारोबार खुलेको पहिलो ५३ मिनेटमै नेप्से परिसूचकमा २७.१ अंकको गिरावट भइसकेको छ । यो गिरावट रोकिने वा अझ बढेर जाने कुनै टुंगो छैन ।
यो अवधिमा ७ करोड ४९ लाखको सेयर किनबेच भएको छ ।
सबैभन्दा ठूलो पहिरो जलविद्युत र वाणिज्य बैंक समूहमा गएको छ । यी दुुई समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटिसकेका छन् । अन्य समूहका सूचक पनि उच्च दरले गिरावट भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago