काठमाण्डौ । लकडाउन पुनः कडा भएसँगै धितोपत्र बजार पनि बन्द हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अर्को व्यवस्था नभईन्जेलसम्मका लागि बजार बन्द गर्ने निर्णय भएको बिजशालालाई जानकारी दिए ।
गत बैशाख २६ गते बोर्डले १४ बुदे निर्देशन दिई चैत ११ गतेदेखि भएको लकडाउनपछि धितोपत्र बजार बैशाख ३० गते मंगलबारदेखि सुचारु गरेको थियो ।
दुई दिनसम्म चलेको बजार लगातार नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । केही नयाँ व्यवस्थासहित बजार खुले पनि गलत समयमा खुलाएर निश्चित स्वार्थ समूहको स्वार्थ पूरा गर्न खोजिएको भन्दै लगानीकर्ताले तीव्र विरोध जनाएका थिए ।
विरोधकै बीच काठमाण्डौ उपत्यकामा समेत कोरोना संक्रमित फेला परी संख्या लगातार बढेपछि सरकारले बिहीबारदेखि लकडाउनलाई कडा बनाउने निर्णय गरेको थियो ।
लकडाउन पुनः कडा भएसँगै सेयर बजार समेत बन्द हुने भएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19