काठमाण्डौ। कोरोना कहर र आंशिक लकडाउनकै बीच करिब ३ महिनापछि सोमबार खुलेको धितोपत्र बजार झिनो अंकको गिरावटका साथ कोरोबार बन्द हुन पुगेको छ।
कारोबार खुलेको पहिलो प्रहरमा नेप्से परिसूूचकमा ४ प्रतिशतको भारी गिरावट आई २० मिनेट सर्किट ब्रेक नै लाग्यो। त्यसपछि १२ बजेदेखि आधा घन्टासम्म बजार स्थिर रहे पनि त्यसपछि भने बजार उकालो लाग्दै आजको गिरावट रिकभर गर्दै बजार सुुधार भएको छ।
अर्थमन्त्री डा. युुवराज खतिवडाले सीएनआईको वार्षिक कार्यक्रममा ब्याजदर सिंगल डिजिटमा ल्याउने र निजी क्षेत्र रिभाइभ हुने गरी मौद्रिक नीतिमा व्यवस्था गरिन लागेको विषयले समेत बजार रिकभर भयो।
यता आम लगानीकर्ताहरु पनि निकै लामो समय बन्द रहेको धितोपत्र बजारबाट घटेको सेयरमूूल्यमा सूूचीकृत कम्पनीहरुको सेयरमा खरिद चाप देखिएको छ।
आज सोमबार देखिएको बजारको दृश्य भने निकै रियल पिक्चर हो। यसकारण कि अफलाइन र अनलाइन दुुवै डिम्याट खातामा फ्रि ब्यालेन्स भएका सेयरमात्र सेयर बिक्री गर्न पाउने व्यवस्थाले समेत माग र आपूूर्तिमा बाठा लगानीकर्ताले चलखेल गर्ने अवसर पाएनन्।
आज कारोबारको प्रकृति नियाल्दा पहिलो चरणमा बिक्री चाप भए पनि दोस्रो प्रहरदेखि खरिद चापको ओइरो लाग्न थाल्यो भने अन्तिम अवस्थामा खरिद र बिक्रीको समायोजन भई नेप्से परिसूचकमा झिनो अंकले गिरावट आएर बन्द भएको हो।
लगानीकर्ताका माग र बजार सुधारका लागि धितोपत्र बोर्ड गम्भीर रहेको र मौद्रिक नीतिमार्फत सेयर बजार रिभाइभ हुने व्यग्र आशामा लगानीकर्ताहरुको मनोबल वृद्धि भएको देखिन्छ। ‘स्टक ब्रोकरहरुले कडाइका साथ २५ प्रतिशत अग्रिम रकम लिइ अर्डर प्रविष्टि गर्दा पनि लकडाउनपछि सेयर बिक्रीको चाप बढ्ने आशा विपरीत खरिद चाप नै देखियो’, लगानीकर्ता सुुन्दर पाण्डे भन्छन्, ‘लगानीका अन्य क्षेत्रभन्दा अब सेयर बजार नै उपयुुुक्त थलो भएका कारणसमेत बजारका ठूूला लगानीकर्ताहरुको उपस्थिति देखिन्छ।’
आजको दिन नेप्से परिसूचक १२.८७ अंकका गिरावटका साथ ११८८.७० को विन्दुमा झरेको छ। त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घट्दै २५६.२९ को विन्दुमा सीमित बन्न पुगेको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १२ मध्ये ४ समूहमा हरियाली छायो भने ८ समूहमा रातो पोतियो।
आज जीवन बिमा समूहमा सबैभन्दा धेरै वृद्धि भयो। यो समूहमा २३७.६२ अंकको बढोत्तरी भयो। त्यस्तै उत्पादन तथा प्रशासन समूह १०२.९८ अंक, व्यापार समूह ३९.३४ अंक र अन्य समूह २०.०६ अंकले बढ्यो।
निर्जीवन बीमा समूहमा १०१.४६ अंकको गिरावट देखिएको यो दिन विकास बैंक समूह ६३.०६ अंकले घट्यो। यस्तै बैंकिङ समूहमा २५.२२ अंक, होटेल्स समूहमा २६.४४ अंक, जलविद्युत समूहमा १३.३४ अंक, वित्त समूहमा ४.०९ अंक, लघुवित्त समूहमा ३९.३७ र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको गिरावट देखियो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १३० कम्पनीका ९ लाख ७० हजार ७६ कित्ता सेयर ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँमा कारोबार भयो।
यो दिन हिमालयन डिस्टिलरीले धेरै कारोबार गर्यो। यो कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार गर्यो।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाख, एनआईसी एसिया बैंकले २ करोड ५८ लाख र नबिल बैंकले २ करोड १६ लाख रुपैयाँ बढीको कारोबार गरेका छन्।
त्यस्तै एनएमबी बैंकले १ करोड ५२ लाख, नेपाल बैंकले १ करोड ४३ लाख, शिवम् सिमेन्टले १ करोड ४२ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकले १ करोड १९ लाख, ग्लोबल आईएमई बैंकले १ करोड १६ लाख र छिमेक लघुवित्तले १ करोड ३ लाख रुपैयाँ बढीको कारोबार गरेका छन्।
धेरै कमाउने र गुमाउनेहरु
यो दिन चारवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। आज नागरिक लगानी कोषको सेयरमूल्यमा ९.९९ प्रतिशत, हिमालयन डिस्टिलरीमा ९.९६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकमा ९.९४ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरमा ९.८० प्रतिशतको बढोत्तरी भएको छ।
आज शिवम सिमेन्टका सेयरधनीहरुले पनि राम्रै कमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ८.५ प्रतिशतले वृद्धि भएको छ।
यो दिन तीनवटा कम्पनी सेयरधनीहरुले धेरै गुमाएका छन्। स्वावलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र आशा लघुवित्तका सेयरमूल्यमा झन्डै १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको हो।
आज इन्फिनिटी लघुवित्तको सेयरमूल्य ९ प्रतिशत बढी र सेन्जेन जलविद्युत र अपी पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशत हाराहारीमा घट्न पुग्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago