काठमाण्डौ । नेप्से परिसूूचकमा दैनिकजसो ६ प्रतिशतले पोजेटिभ सर्किट बढेर निर्धारित कारोबार समयअगावै बजार बन्द भइरहेको छ।

हिजो मंगलबारदेखि सेयर कारोबार मापक नेप्से परिसूूचकमा भारी वृद्धिको क्रमले आज पनि पनि निरन्तरता पायो। सेयर मार्जिन कर्जाको सीमा बढ्ने सुुनिश्तिता हुुनुु, अधिक तरलता, ब्याजदर घट्दो क्रममा जानुुलगायत सकारात्मक विषयले समेत लगानीकर्ताहरुको मनोबल देखिन्छ।

बजारमा सेयर खरिदका लागि अत्याधिक माग रहेको छ। सेयर बजार बढ्ने क्रमसँगै बिक्रीको आपूूर्ति नआउँदा माग अचाक्ली बढ्को देखिन्छ। जसको फलस्वरुप दिनहुुँ भारी मात्रामा नेप्से  परिसूूचकले उकालो गति समाइरहेको छ।

राजनीतिक वृत्तमा सरकार परिवर्तनको चर्चा चुुलिँदा सो चर्चा र हल्लाले बजारमा सकारात्मक प्रभाव पारेको छ। जसका कारण बजार गुुल्जार भइरहेको छ।

आजको कारोबारमा एकाध कम्पनीहरुले मात्र गुुमाइरहँदा प्रायः सबै कम्पनीहरुको सेयरमूूल्यमा सकारात्मक वृद्धि देखिन्छ।

आज बुुुधबार नेप्से परिसूूचक हिजोको तुुलनामा ७५.७७ अंकले बढेर नेप्से १३३६.५२ अंक कायम भयो भने सेन्सेटिभ इण्डेक्स १५.१० विन्दूूले बढेर २८७.०२ पुुगेको छ।

आज नेप्से उपसमूहमा रहेकामध्ये ११ वटा समूहमा हरियाली छायो भने एउटामात्र  रातो पोतियो।

जीवन बीमा समूहमा ५४८.५३ अंकको उछाल आएको यो दिन निर्जीवनबीमा समूहमा ३२२.४१ अंकको बढोत्तरी भयो। त्यस्तै बैंकिङ समूहमा ८२.३ अंक, व्यापार समूहमा ३३.४८ अंक, विकास बैंक समूहमा ५७.०६ अंक, जलविद्युत् समूहमा ३३.६७ अंक, वित्त समूहमा ४.७५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०२.५७ अंक, अन्य समूहमा २०.९४ अंक, लघुवित्त समूहमा १०१.२३ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ।

आज होटेल्स् समूहमा ५.१५ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १३५ कम्पनीका ११ लाख १ हजार २ कित्ता सेयर ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँमा कारोबार भयो।

आजको दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भयो। यो दिन यो कम्पनीले मात्र ६ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार गर्यो। 

त्यस्तै कुमारी बैंकको संस्थापक सेयरले ४ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ४ करोड २४ लाख रुपैयाँ, शिवम सिमेन्टले २ करोड ५७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले १ करोड ७८ लाख रुपैयाँ, एनएमबी बैंकले १ करोड ७६ लाख रुपैयाँ, नागरिक लगानी कोषले १ करोड ७५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले १ करोड ४७ लाख रुपैयाँ, नबिल बैंकले १ करोड १८ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरले ९७ लाख ४८ हजार रुपैयाँ बढीको कारोबार गर्यो

धेरै कमाउने र धेरै गुमाउने

आजका दिन नेप्सेमा सूचीकृत १२९ कम्पनीका सेयरधनीहरुले कमाएका छन् भने ६ वटा कम्पनीका सेयरधनीहरुले गुमाएका छन्। 

आज २३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमा सिटिजन्स बैंक इन्टरनेसनलको सेयरमूल्यमा १० प्रतिशत वृद्धि भएको छ। 

यसैगरी साना किसान लघुवित्त, नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स, आरएमडीसी लघुवित्त, बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंक, नेपाल पुनर्बीमा कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सूर्य लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन बैंक, फस्र्ट माइक्रोफाइनान्स, ग्रामीण लघुवित्त, नेपाल इन्स्योरेन्स, एभरेस्ट बैंक, एनसीसी बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

आज नेसनल माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो दिन यो कम्पनीको सेयरमूल्यमा झन्डै ४ प्रतिशतको गिरावट आएको छ।