काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहीबार धितोपत्रको दोस्रो बजारमा कुल बजार पूँजीकरणमा ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहीबार नेप्सेमा कुल बजार पूँजीकरण हालसम्मकै बढी २० खर्ब ९० अर्ब २० करोड रुपैयाँभन्दा बढी भएको नेप्सेका एक उच्च अधिकारीले समेत पुष्टि गरेका छन ।
नेप्से परिसूचक अलटाइम हाइ १८८१ अंक पुग्दा पनि बजार पूँजीकरण २० खर्ब ७० अर्ब मात्र पुगेको थियो भने सन् २०२० को फेब्रुअरी २७ मा नेप्से परिसूचक १६३२.१७ रहँदा बजार पुँजीकरण २० खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो ।
आजकै दिन सबैभन्दा धेरै पटक सेयर कारोबारको रेकर्ड पनि कायम भएको छ । यो दिन ५३ हजार २४० पटक सेयर कारोबार भएको छ ।
आज नै सर्वाधिक कारोबारमा सेयर संख्याले समेत रेकर्ड ब्रेक गरेको छ । १ करोड ३२ लाख १६ हजार २३४ कित्ता धितोपत्रको किनबेच भएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19