काठमाण्डौ । बजार पूँजीकरणमा यो साता एनएमबी बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक(एनआइबी)लाई उछिनेको छ।
नेप्सेले प्रकाशित गरेको डेटा अनुसार यो साता बजार पूँजीकरणका हिसाबले टप टेनमा परेका १० कम्पनीको सूचीमा अघिल्लो साताकै कम्पनी परे पनि एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकको स्थान भने हेरफेर भएको हो ।
यो साता एनएमबी बैंकको बजार पूँजीकरण ६० अर्ब १० करोड माथि पुगेको छ । जबकि नेपाल इन्भेष्टमेन्ट बैंकको बजार पूँजीकरण भने ५९ अर्ब ८४ करोड मात्र रहेको छ ।
अघिल्लो साता ६० अर्ब २७ करोड बजार पूँजीकरणसहित नेपाल इन्भेष्टमेन्ट बैंक छैठौ स्थानमा थियो । अघिल्लो साता एनएमबी बैंकको कुल बजार पूँजीकरण ६० अर्ब २४ करोड थियो । एनएमबी सातौं स्थानमा थियो ।
यो साता एनएमबी बैंकको बजार पूँजीकरण पनि अघिल्लो साताको तुलनामा घट्यो । तर, इन्भेष्टमेन्ट बैंकको बढी नै घटेका कारण यो साताको टप १० को सूचीमा एनएमबी छैठौं र इन्भेष्टमेन्ट बैंक सातौ स्थानमा रहे ।
अघिल्लो साता झै यो साता पनि नेपाल दूरसंचार कम्पनी लिमीटेड १ खर्ब ५ अर्बसहित बजार पूँजीकरणको हिसाबले पहिलो नम्बरको कम्पनी बनेको छ । दोश्रो नम्बरमा यो पटक पनि ८७ अर्ब ४४ करोडसहित नवील बैंक छ ।
बजार पूँजीकरणको हिसाबले तेश्रो, चौथो, पाँचौ, आठौं, नवौं र दशौं स्थानमा क्रमशः नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नागरिक लगानीकोष, एनआइसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19