काठमाण्डौ । दोश्रो बजार बढेसँगै विभिन्न नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । कतिपय नयाँ कम्पनीहरुको प्रवेश दोश्रो बजारमा भइरहेका कारण समेत यस्ता रेकर्डहरु बन्न थालेका हुन् ।
आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । योसँगै बजार पूँजीकरणमा नयाँ रेकर्ड बनेको छ । यो दिन बजार पूँजीकरण हालसम्मकै धेरै २१ खर्ब १३ अर्ब २२ करोड माथि पुगेको हो ।
असोज १ गते नेप्सेको बजार पूँजीकरण त्यसबेलासम्मको सर्वाधिक २० खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । त्यो रेकर्डलाई समेत तोडेर आइतबार बजार पूँजीकरणको नयाँ रेकर्ड बनेको हो ।
यो दिन दोश्रो बजारमा ३ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । १९५ कम्पनीका १ करोड १० लाख बढी कित्ता किनबेच भएका थिए ।
बजार परिसूचक(नेप्से परिसूचक) अलटाइम हाई अर्थात १८८१.४५ विन्दूमा हुँदाको पूँजीकरण २० खर्ब ७० अर्ब रहेको थियो ।
हाल नेप्सेमा २०९ वटा कम्पनी सूचीकृत छन् । ती सबै कम्पनीको कुल चुक्तापूँजी ५ खर्ब ८२ अर्ब बढी रहेको नेप्सेले जनाएको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago