काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डका अधिकारीबीचको विवाद निकै पुराना हो । यी दुुई निकायमा बस्ने अधिकारीहरुबीचको व्यक्तिगत टकरावले बजार बिस्तार र आधुनिकीकरणको काम कसरी रोकिएको रहेछ भन्ने कुराको उदाहरण मंगलबार पनि देखियो । 

नेप्सले बजारको बिस्तार तथा आधुनिकीकरणका लागि भएका पछिल्ला काम तथा प्रगतिको बिषयमा जानकारी दिन मंगलबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्तिगत इगो आक्रोशको रुपमा पोखिएको देखियो । 

नेप्सेका अधिकारीहरुले पत्रकारहरुको पटक पटकको जिज्ञासामा समेत आफूहरुले बजार बिस्तारमा इमानदार भएर काम गर्दा समेत धितोपत्र बोर्डका अधिकारीहरुले अनेक उल्झन निकालेर काम गर्न नदिएको र बजारको बिकास तथा बिस्तारमा बोर्डका अधिकारीहरु नै बाधक रहेकासम्म आरोप लगाए ।

नेप्सेका अध्यक्ष रामजी रेग्मी लगायतका अधिकारीहरुले बैंकहरुलाई धितोपत्र दलाल अनुमतिपत्र  प्रदान, रिमोट वर्क स्टेसन अर्थात आरएसडब्ल्यूू(शाखा) थप गर्ने, पूर्ण स्वचालित अनलाइन करोबार प्रणाली, संस्थागत लगानीकर्ताको प्रवेश तथा पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउने लगायतका बिषयमा प्रष्ट पारेका छन् । 

पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस विज्ञप्तिमा उनीहरुले बुँदागत रुपमा आफ्ना कुरा प्रष्ट पार्दै घुमाउरो ढंगले धितोपत्र बोर्डले कदम कदममा असहयोग गरेको समेत जिकिर गरेका छन् । 

विज्ञप्तिमा प्रस्तुत नेप्सेको बुँदागत धारणा यस्तो छः