काठमाण्डौ । बजार पूँजीकरणमा यो साता प्रमुख १० कम्पनीको सूचीमा ग्लोबल आइएमई बैंकको प्रवेश भएको छ ।
ग्लोबल आइएमई बैंक बजार पूँजीकरणको टप टेन कम्पनीमा परेसँगै स्ट्याण्डर्ड चार्टर्ड यो सूचीबाट बाहिरिएको छ भने एभरेष्ट बैंकको अवस्था केही बिग्रँदा नागरिक लगानीकोषको अवस्थामा भने सुधार देखिएको छ ।
यो साता बजार खुलेको अघिल्लो साता झै बजार पूँजीकरणको टप टेन सूचीमा टप फोर कम्पनी तिनै छन् । अर्थात, नेपाल दूरसंचार कम्पनी, नवील बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स यो साता पनि अघिको झै क्रमशः टप वानदेखि फोरको सूचीमा कायमै छन् ।
यी ४ कम्पनी बाहेक टप टेनको सूचीमा सामेल अन्य ६ कम्पनीको स्थान भने अदलबदल भएको छ । अघिल्लोपटक यो सूचीको पाँचौ स्थानमा एभरेष्ट रहेकोमा सो कम्पनी यो साता भने नवौं स्थानमा पुगेको छ । योपटक पाँचौ स्थानमा नागरिक लगानीकोष उक्लिएको छ भने नवौं स्थानमा रहेको नवौं स्थानमा रहेको एनआइसी एशिया बैंक आठौं स्थानमा आएको छ । अघिल्लो साता नागरिक लगानीकोष बजार पूँजीकरणको टप टेनको सूचीमा आठौं स्थानमा सीमित थियो ।
यस्तै, छैठौं स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक यो साता सातौं स्थानमा झरेको छ भने अघिल्लो साता सातौं स्थानमा रहेको एनएमबी बैंक छैठौं स्थानमा उक्लिएको छ ।
अघिल्लोपटक स्ट्याण्डर्ड चार्टर्ड बैंकको सूचीको १० औं स्थानमा थियो । तर, सो बैंक यो साता सूचीबाट बाहिरिएको छ भने उसको स्थान ग्लोबल आइएमई बैंकले कब्जा गरेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago