काठमाण्डौ। साताका पहिलो दिन आइतबार कारोबार खुलेको १ घन्टामै कारोबार रकममा उछाल आएको छ।
यो समाचार तयार पर्दासम्म कोरोबार रकम २ अर्ब हाराहारीमा भएको छ। धितोपत्र दोस्रो बजारमा १ घन्टाभित्रै कारोबार रकम यति हुनु हालसम्मकै उच्च पनि हो।
बजार खुलेको १ घन्टाभित्रै कारोबार २ अर्ब हाराहारीमा हुनुले आज पनि यसले नयाँ कीर्तिमान कायम गर्ने पक्का भएको छ। आज एक घन्टाभित्र १८९ कम्पनीका ३८ लाख ६७ हजार ६४५ कित्ता सेयर १ अर्ब ९४ करोड ६० लाख १२ हजार ३९६ रुपैयाँमा कारोबार भएको छ।
गत साता धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार कारोबार रकम ६ हजार ११ लाख ६७ लाख रुपैयाँ बढीको भएर नयाँ कीर्तिमान कायम भएको थियो। जुन हालसम्मकै सर्वाधिक कारोबार रेकर्डको भन्दा करिब २ अर्बले बढी हो।
यो अवधिमा नेप्से परिसूचकसमेत १८०० को विन्दु पार गरिसकेको छ। अहिले नेप्से परिसूचक पनि ३३.३६ अंकले वृद्धि हुँदै १८११.४८ को विन्दुमा उक्लिएर कारोबार भइरहेको छ।
मार्च १, २०२० मा नेप्सेमा ४ अर्ब ८४ करोड ७४ लाखको इन्टा डे कारोबार भएको थियो। त्यो रेकर्डलाई ब्रेक गर्दै गत बिहीबार कारोबार रकममा नयाँ रेकर्ड बनेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19