काठमाण्डौ । आज धितोपत्र बजार खुल्नासाथ नेप्से परिसूचकले ऐतिहासिक उचाइ चुमेको छ। 

परिसूचक १९.९७ अंकले बढ्दै १८९४.९७ विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो। योसँगै यसअघि सन् २०१६ जुलाई २७ (२०७३ साउन १२ गते) मा परिसूचकले कायम गरेको अलटाइम हाई रेकर्ड ब्रेक भएको छ। उक्त दिन परिसूचक १८८१.४५ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।

हिजो नेप्से परिसूचक अल टाइम हाई रेकर्ड ब्रेक गर्नबाट करिब ७ अंकले चुकेको थियो। हिजो परिसूचक ६४.७० अंकले बढेर १८७४.८१ को विन्दुमा उक्लिएको थियो।