काठमाण्डौ । पैसा कमाउने जोकोहीको चाहना हुन्छ। भनिन्छ– सेयर बजारबाट मनग्य कमाउन सकिन्छ। केही हजारको लगानीबाट सेयर बजार प्रवेश गरेर करोडपति बनेका थुप्रै उदाहरणहरु पनि छन्। त्यस्ता व्यक्तिको सफलताको सूत्र के हो त ? यस्ता छन् ७ सरल टिप्स–

१. सुरुआत कसरी गर्ने ?

सेयर बजारमा लगानी गर्नुअघि यो बजारका बारेमा जान्न निकै आवश्यक छ। सेयर बजार कसरी चल्छ ? सेयर बजारमा कसरी कमाइ हुन्छ ? किनकि सेयर बजार पैसा उत्पादन गर्ने मेसिन होइन। डिजिटल युगमा हामी घरमै बसीबसी सेयर बजारका बारे ज्ञान हासिल गर्न सक्छौँ । यसका अलावा सेयर बजारका विज्ञहरुबाट पनि जानकारी लिन सकिन्छ। जसले नवप्रवेशीहरुलाई उचित सरसल्लाह दिनेछन्। 

२. थोरै पैसाबाट लगानी सुरुआत

यो जरुरी छैन कि सेयर बजारमा प्रवेश गर्न ठूलो रकमको आवश्यक हुन्छ । अधिकांश मानिसको सोच यस्तै हुन्छ र उनीहरु गल्ती गर्छन्। त्यसैले आफूसँग जम्मा भएको सबै पैसा सेयर बजारमा लगाउँछन्। त्यसपछि बजारमा हुने उतारचढावका कारण तनावमा पर्छन् । त्यसैले थोरै लगानीबाट सेयर बजार प्रवेश गर्नुपर्छ । विस्तार बजारको चाल बुझ्दै लगानी बढाउँदै जाँदा राम्रै सफलता हासिल गर्न सकिन्छ।

३. लगानीका लागि राम्रा र बलिया कम्पनी चयन

सुरुआती लगानीमा धेरै प्रतिफलको आशाबाट बच्नुपर्छ । किनकि धेरै प्रतिफलको आशमा कहिलेकाहीँ हामी आधारभूत रुपमा कमजोर कम्पनीमा लगानी गर्न पुग्छौँ तर घाटा व्यहोर्छौं । त्यसैले लगानीको सुरुआत आधारभूत रुपमा राम्रा र बलिया कम्पनीका सेयरबाट गर्नुपर्छ। जब सेयर बजारमा केही वर्षको अनुभव हुन्छ तब जोखिम मोलेर लगानी गर्न सक्छौँ। 

४. दीर्घकालीन लगानीको लक्ष्य

सुरुआतमा थोरै पैसा सेयर बजारमा लगानी गर्नुपर्छ । विस्तार लगानी बढाउँदै लैजानुपर्छ। तर आफ्नो पोर्टफोलियो सन्तुलित राखिराख्नुपर्छ । सेयर बजारमा लगातार लगानी गर्दै जानुछ भने एउटा लक्ष्य निर्धारण गर्नुपर्छ । सेयर बजारमा दीर्घकालीन लगानी गर्नेहरु नै फाइदा हुन्छन्।

५. सस्ता सेयर भनेर नलोभियौँ

साना लगानीकर्ताहरु प्रायः सस्ता सेयर उठाउन मन पराउँछन्। उनीहरु ठान्छन् कि सस्ता सेयर किन्दा बजार बढेको बेला मनग्य कमाउन सकिन्छ। तर यो सोच गलत हो। किनकि सेयर किन्दा सधैँ कम्पनीको आधारभूत जानकारी लिएरमात्र लगानी गर्नुपर्छ। जुन कम्पनीको बिजनेस ग्रोथ र व्यवस्थापन पक्ष राम्रो छ, त्यस्ता कम्पनीमा लगानी गर्दा कहिले पनि घाटा हुँदैन। 

६.बजार घट्दा नआत्तिनु 

सेयर बजारमा जब गिरावट आउँछ तब थप लगानी गर्नुपर्छ । तर साना लगानीकर्ता घट्दो बजारमा आत्तिएर घाटामै सेयर बेच्छन्। यो गलत हो। घट्दो बजारमा लगानीको अवसर हुन्छ। त्यसैले बजार घट्दा आत्तिनुभन्दा पनि मौकाको फाइदा उठाउनु उचित हुन्छ। 

७. कमाइको केही हिस्साको सुरक्षित लगानी

सेयर बजारबाट भएको कमाइको केही हिस्सा सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्छ। किनकि सेयर बजारमा सधैँ नाफा नै हुन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो कमाइको केही हिस्सात अन्य सुरक्षित क्षेत्रमा लगानी गरे भविष्यका लागि राम्रै हुन्छ। 

सेयर बजारबारे जानकारी छैन भने यो बजारमा नपस्दा नै उचित हुन्छ । यदि सेयर बजारमा आउनु नै छ भने विज्ञको रायसल्लाह र अध्ययन गर्नु अति नै आवश्यक हुन्छ। – एजेन्सी