काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.१६ अंकले घटे पनि कारोबार रकम भने बढेको छ । यसले बजार आगामी दिनमा घट्दैन भन्ने दरिलो आधार तयार भएको छ । बजार परिसूचक सामान्य अंकले घटी कारोबार रकम बढ्नुले बजारमा खरिदारीको चाप बढेको र यसले आगामी दिनमा बुलिस ट्रेण्डलाई स्वागत गर्ने गतिलो संभावना समेत झल्काएको छ । अझ यो साताको प्रत्येक कारोबार दिन १ अर्ब र त्यो भन्दा माथिकै कारोबार भइरहेको छ, यसले समेत बजार कुनै पनि बेला बुल हुनसक्ने संभावना देखिने विश्लेषकहरुले बताएका छन् ।
यो दिन बैकिङ, बित्त र अन्य समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । अन्य दिन झै बिमा समूहमा यो दिन पनि दोहोरो अंकको गिरावट आयो ।
बैकिङ समूह ०.८९, बित्त समूह १२.९२ र अन्य समूह १.४४ अंकले बढेका छन् । यस्तै, होटल समूह १०.१२, विकास बैंक १३.६७, जलविद्युत समूह ११.१, बिमा समूह ४५.३ र उत्पादनमूलक १७.३७ अंकले घटेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबारमा सामान्य मन्दी आउँदा सेन्सेटिभ इण्डेक्स ०.२४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
बजारमा १ सय ६३ कम्पनीको कुल २८ लाख ५१ हजार ४ सय ६९ कित्ता सेयर १ अर्ब १३ करोड ७७ लाख ५ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले १० करोड १३ लाख बढीको कारोबार गर्यो । नेपाल ग्रामीण विकास बैंकले ५ करोड ४६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड १६ लाख, सानिमा बैंकले ४ करोड ६७ लाख, फरवार्ड माइक्रो फाइनान्सले ४ करोड २८ लाख, नागरिक लगानी कोषले ३ करोड ५१ लाख बढीको कारोबार गर्याो । यस्तै, जनता बैंक नेपालले ३ करोड ३७ लाख, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, नबील बैंकले २ करोड ६१ लाखको कारोबार गर्यो । नबील बैंककै २ करोड ३८ लाख बढीको सेयर समेत यो दिन कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
साताको अन्तिम कारोबार दिन बिहीबार तीन कम्पनीले कुस्त कमाए । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स र कुुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, ललितपुर फाइनान्सको मूल्य ७.४७ प्रतिशतले वृद्धि भयो ।
यो दिन जनरल फाइनान्स र गण्डकी विकास बैंकको सेयर मूल्यमा पहिरो गयो । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago