काठमाण्डौ । यो साताको पहिलो कारोबार सोमबार ५० अंकले घटेको सेयर बजार मंगलबार ३५ अंकले घटेको थियो। आज बुधबार बजार ७.१९ अंकले घटेको छ।

पछिल्लो ३ कारोबारमा बजार घटाइ घट्न थालेको छ। यो हिसाबले बजार विस्तारै घट्न रोकिएको देखिन्छ। 

प्राविधिक रुपमा पनि क्यान्डल स्टिकहरु राता भए पनि विस्तारै छोटा–छोटा बन्दै गएका छन्। आवरली चार्टमा आज बजारले इन्भर्टेड ह्याम्मरपछि बुलिस मारुबुजु क्यान्डल बनाएको छ। यसले आगामी दिनमा बजारमा अल्पकालीन बाउन्स आउन सक्ने बुझिन्छ।

त्यसैगरी बोलिंगर ब्यान्डमा मूल्यरेखाले तल्लो विन्दुलाई छोएर र मध्य रेखातर्फ लागेको देखिन्छ। (हेर्नुहोस् बोलिंगर ब्यान्डमा कालो एरो) 

म्याक्डिमा पनि हिस्टोग्राम नेगेटिभ भए पनि विस्तारै छोटा–छोटा हुँदै गएका छन्। 

आरएसआईमा  पनि ओभरसोल्ड जोन २२ को विन्दुबाट बढेर २९ को जोनमा पुगेर ‘डब्ल्यू’ आकर बनाएको छ (हेर्नुहोस् आरएसआईमा कालो एरो)। यसले बजारमा एकपटक अल्पकालीन बाउन्स आउन सक्ने देखिन्छ।