काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लाग्दै २००० को विन्दुबाट तल झरेको छ।
बजार आज ३६.०८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९६.२५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४८ अंकले घटेर ३८३.५१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार निरन्तर झरिरहेको बताउँछन्। पुँजीबजारलाई सपोर्ट गर्ने खालका नीतिगत व्यवस्था नआउँदा बजार प्रभावित भइरहेको उनको भनाइ छ। ‘नीतिगत व्यवस्थामा सुधार हुन आवश्यक’, उनले भने, ‘विभिन्न माग राख्दै लगानीकर्ताहरु आन्दोलनमा छन्, उनीहरुको माग सम्बोधन हुन आवश्यक छ।’
अहिले देश अर्थतन्त्र बिग्रिएकोले बजारमा सुधार आउन नसकेको घिमिरेको तर्क छ। ‘तरलताको वास्तविक अवस्था के छ भन्ने अझै थाहा छैन’, उनले भने, ‘अर्कोतर्फ ४–१२ को क्यापले बजारमा दबाब सिर्जना भएको छ।’
नीतिगत व्यवस्थामा सुधार भएमा बजार लयमा फर्किने घिमिरेको भनाइ छ।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार अहिले विभिन्न बहानामा घटाइएको बताउँछन्। ‘बजारलाई सपोर्ट गर्ने सकारात्मक कुरा केही पनि आएका छैनन्’, उनले भने।
अहिलेको अवस्थामा आफ्नै स्वपुँजी थोरै थोरै गरी लगानी गरी २–३ वर्ष होल्ड गर्दा राम्रै हुने न्यौपाने बताउँछन्। ‘बजार धेरै तल आएकोले खरिदको अवसर पनि रहेको छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक ३.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ३.१२ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.८९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७६ प्रतिशत, विकास बैंक समूहमा २.१८ प्रतिशत, जलविद्युत समूहमा २.७६ प्रतिशत, वित्त समूहमा २.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३९ प्रतिशत, लघुवित्त समूहमा १.७९ प्रतिशत, जीवन बीमा समूहमा १.९४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०२ प्रतिशत र लगानी समूहमा १.९१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ४१ लाख ४७ हजार २५५ कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ३ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड २० लाख रुपैयाँ, उपकार लघुवित्तको २ करोड ८७ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ६० लाख रुपैयाँ, निफ्राको २ करोड ५५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ५४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ४९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आँधिखोला लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशतले बढीले उकालो लागेको छ।
यो दिन हिमालयन पावर पार्टनरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago