काठमाण्डौ । सेयर बजार बुधबार भारी अंकले उकालो लागेको छ।
बजार आज ४१.३९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६२.७१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५५ अंकले बढेर ३७९.१५ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजार धेरै घटेका कारण बढेको बताउँछन्। ‘लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न नचाहेको देखिन्छ’, उनले भने, ‘असार मसान्तको प्रभाव र ४–१२ को दबाब सकिएकोजस्तो देखिन्छ।’
लगानीकर्ताहरुको आन्दोलन र त्यसपछि बनेको समितिले पनि बजार बढ्नलाई सपोर्ट गरेको लम्साल बताउँछन्। ‘आज पनि अर्थ मन्त्रालयमा केही लगानीकर्ताका प्रतिनिधिहरुबीच छलफल भएको छ’, उनले भने, ‘यसले बजारमा सकारात्मक महौल सिर्जना हुने देखिन्छ।’
बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि बजार धेरै घटेकोले आज बढेको बताउँछन्। ‘बजारको स्पष्ट दिशा भने मौद्रिक नीति आएपछि मात्र तय हुनेछ’, उनले भने।
बजारमा अहिले नै ठूलो अंकको उतारचढाव हुने नदेखिएको घिमिरे बताउँछन्।
आज नेप्से उपसमूहमा रहेमा १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन व्यापार समूहमा सर्वाधिक ६.५६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ४.४३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.७४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४६ प्रतिशत, जलविद्युत समूहमा ३.९३ प्रतिशत, वित्त समूहमा ४.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७७ प्रतिशत, अन्य समूहमा ३.५९ प्रतिशत, लघुवित्त समूहमा २.७९ प्रतिशत, जीवन बीमा समूहमा १.३ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.७९ प्रतिशत र लगानी समूहमा २.४१ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर १ अर्ब ४३ करोड १४ लाख ६४१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ५५ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ११ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको ४ करोड ३ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ९७ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ३८ लाख रुपैयाँ र लाइफ इन्स्यारेन्स कर्पोरेसनको ३ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन २ वटा लघुवित्तको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र सिवाईसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। बरुण हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै २ प्रतिशतले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago