काठमाण्डौ । सेयर बजार मंगलबार भारी गिरावट आएको छ।
बजार आज ४६.०८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०३०.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.७१ अंकले घटेर ३८७.२३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर झन्डै ३ अर्ब रुपैयाँबराबरको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल हिजोआज बजार घट्नुमा मुख्य २ कारण रहेको बताउँछन्। छोटो समयमै बजार धेरै अंकले बढ्दा १८०० विन्दुमा किनेकहरुले नाफा बुक गर्नु र गभर्नरले फेरि ब्याजदर बढ्ने अभिव्यक्ति दिनुले बजार घटेको बताउँछन्।
बजार अब धेरै नघट्ने पनि लम्सालको भनाइ छ। ‘किनकि खरिदचाप देखिन्छ’, उनले भने।
सक्रिय लगानीकर्ता एसपी चौलागाईं पनि हिजो र आज बजार घट्नुको मुख्य कारण नाफा बुक गर्नु नै रहेको बताउँछन्। ‘असार मसान्तको प्रभावका कारण पनि बजार घटेको हो’, उनले भने।
विस्तारै बजार सम्हालिँदै जाने चौलागाईंको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ३.८८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ३.८३ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.८६ प्रतिशत, विकास बैंक समूहमा २.८४ प्रतिशत, जलविद्युत समूहमा २.१८ प्रतिशत, वित्त समूहमा ३.५३ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७३ प्रतिशत, लघुवित्त समूहमा २.४८ प्रतिशत, जीवन बीमा समूहमा २.१२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२ प्रतिशत र लगानी समूहमा ३.३१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ८६ लाख १३ हजार ४८९ कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सानिमा बैंकको संस्थापक सेयरको सर्वाधिक ३० करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ११ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १० करोड ६० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ५७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ७ करोड ३६ लाख रुपैयाँ, आशा लघुवित्तको संस्थापक सेयरको ६ करोड ८५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ७९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड १० लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सिवाईसी नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा ङादी ग्रुप पावर र आँधिखोला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन घलेम्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago