काठमाण्डौ । पछिल्लो केहि दिनयता सेयर बजारमा सुधार देखिएपछि म्युचुअल फण्डहरुले नोक्सानी घटाएका छन् ।

सञ्चालनमा रहेका ४२ वटा म्युचुअल फण्डले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा सबै फण्डले कात्तिक महिनाको दाँजोमा मंसिरमा नोक्सानी घटाएका छन् । 
 

कात्तिक महिनामा एनआईसी एशिया ग्रोथ फण्ड र हिमालयन ८०–२० बाहेक सबै फण्डहरु घाटामा थिए ।मंसिर महिनामा आइपुग्दा १५ वटा म्युचुअल फण्ड नाफामा उक्लिएका छन् भने अन्य फण्डले समेत नोक्सानी घटाएका छन् । 
 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदर घटाउने लगायतका पूँजीबजार सुधार्ने खालको नीति सार्वजनिक गरे लगत्तै सेयरबजारमा एकाएक हरियाली छाएको थियो । 
बजार क्रमिक रुपमा बढ्न थालेपछि केहि
म्युचुअल फण्डहरुले नाफा बढाएका छन् । फण्डहरुले सूचीकृत सेयरमा लगानी बढाउँदै नाफा समेत बढाउन सफल भएका छन् ।

घाटामा रहेका फण्डहरुहरुले समेत मंसिर महिनामा नोक्सानी कम गरेका छन् ।
१५ वटा म्युचुअल फण्ड नाफामा उक्लिए
मंसिर महिनामा १५ म्युचुअल फण्ड नाफामा आएका छन् । सेयर बजारमा सुधार देखिएसँगै अघिल्लो महिना घाटामा रहेका म्युचुअल फण्डले समेत मंसिरमा नाफा बढाउन सफलभएका छन् । 

मंसिरमा सबैभन्दा बढी नाफा कमाउनेमा कुमारी क्यापिटल लिमिटेडद्वारा सञ्चालित कुमारी सुनौलो लगानी योजना छ ।

सो फण्डले मंसिरमा ८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । कात्तिकमा उक्त फण्ड २ करोड १३ लाख रुपैयाँ घाटामा थियो । 
 

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड फण्डले पनि मंसिरमा७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन यो अघिल्लो महिनाको तुलनामा १५६ प्रतिशतले बढी हो ।

कात्तिकमा उक्त फण्डले २ करोड७६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, एशिया फ्लेक्सी क्याप फण्डले मंसिरमा ३ करोड २० लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो महिना फण्ड २ करोड ३० लाख रुपैयाँ घाटामा रहेको थियो । 
 

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डले पनि २ करोड ८१ लाख रुपैयाँ नाफाआर्जन गरेको छ, भने आरबिबि म्युचुअल फण्ड–२ ले २ करोड ४७लाख रुपैयाँ नाफा कमाएको छ । 
 

यसका साथै एनआईसी एशिया डायनामिक डेब्ट फण्डले १ करोड ८२ लाख, एनआईसी एशियाब्यालेन्स्ड फण्डले १ करोड ८०लाख, हिमालयन ८०–२० ले १ करोड ४२ लाख, सिटिजन्स सुपर ३० ले १ करोड ३० लाख, लक्ष्मी भ्यालु फण्ड–२ ले १ करोड ६ लाख, सानिमा ग्रोथ फण्डले ९० लाख ५७ हजार,  प्रभु स्मार्ट फण्डले ७२ लाख ९० हजार नाफा कमाएको छ । 

त्यस्तै,आरबिबि म्युचुअल फण्ड–१ ले ६६ लाख ८१ हजार, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले २५ लाख ६७हजार रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले २१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ ।