Nepal Stock Exchange
काठमाण्डौ । सरकारले बजेटमार्फत लिएको २५ जिल्लामा अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने, नगरपालिका क्षेत्रमा बन्ने घरहरुले अनिवार्य बिमा गर्नुपर्ने, घरपालुवा पशुपंक्षीको अनिवार्य बिमा गर्नुपर्ने लगायतका बिमामैत्री नीतिको प्रभावका कारण बिहीबार पनि बिमा समूहको सेयरमा उछाल आएको छ ।
साताको अन्तिम कारोबार दिन बिमा समूहको सेयर ३३०.५३ अंकले उकालो लागी समूह सूचक ९३४५.८८ अंकमा पुगेको छ ।
बिमाले डोहोर्याएको समग्र बजार परिसूचक १२.४७ अंकले उक्लिँदै १६३२.९४ अंकको उचाईमा पुगेको छ । बिमाको सेयरमा उछाल देखिँदा वाणिज्य बैंक समूह भने ओरालो लाग्यो । यो समूहको परिसूचक २.७३ अंकले तल झर्यो । विकास बैंक समूहको सूचक भने २९.१६ अंकले बढ्दै समूह सूचक १६४२.४४ मा पुगेको छ ।
बिहीबार सबैभन्दा धेरै कारोबार पनि बिमा कम्पनीहरुले नै गरे । यो समूहका कम्पनीले कुल १ अर्ब ११ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार गरे । बिहीबार कुल कारोबार २ अर्ब माथि भयो । २ अर्ब माथि एकैदिन कारोबार भएको यो दोश्रो पटक हो । २ अर्ब ५ करोड ९४ लाख बराबरको सेयर किनबेच भयो ।
होटल समूहको सूचक २३.३६ अंकले ओर्लिँदा बाँकी सबै समूहको सूचक उकालोतर्फ लाग्यो । उत्पादनमूलक १८.३६, जलविद्युत समूह ९.२८, बित्त समूह २.३६ अंकले उक्लिए । अन्य समूह स्थिर रह्यो । बिहीबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः २.३३ र ०.९ अंकले उकालो लागे ।
उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा बिहीबार ९ स्थान बिमा कम्पनीले ओगटे । एक स्थान जलविद्युत कम्पनीले ओगट्दा वाणिज्य र विकास बैंक उत्कृष्ट १० को सूचिबाट बाहिरिए ।
सबैभन्दा धेरै यूनाइटेड इन्स्योरेन्सको १६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यसैगरी, एनएलजी इन्स्योरेन्सको १० करोड ४४ लाख, लालीगुराँस इन्स्योरेन्सको ८ करोड ९७ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको ८ करोड ६३ लाख र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ३८ लाख बराबरको सेयर कारोबार भयो । उत्कृष्ट १० मा पर्ने सबै कम्पनीले ५ करोड भन्दा माथिको कारोबार गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19