काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले बजेटका सिद्धान्त र प्राथमिकता सकारात्मक रहेको जनाएको छ।
चेम्बरले आज बजेटप्रतिको धारणा सार्वजनिक गरेको हो। सरकारले हिजो आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो । ‘सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रममा आधारित प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता सकारात्मक रहेका छन्’, चेम्बरले एक विज्ञप्ति जारी गर्दै भनेको छ।
विश्व अर्थतन्त्रका विद्यमान समस्या, देशमा ह्रास हुँदै गइरहेको विदेशी मुद्राको सञ्चिती र तरलता समस्याका कारण बजेटको कार्यान्वयन पक्ष अत्यन्त चुनौतीपूर्ण रहेको चेम्बरले जनाएको छ। ‘कार्यान्वयन चुनौतीपूर्ण हुनाले बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फीति दर ७ प्रतिशतमा सीमित गर्न कठिन देखिएको छ’, विज्ञप्तिमा भनिएको छ।
कृषिको रुपान्तरण अभियान, उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यावसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण गर्न आवश्यक पूर्वाधार, तथा खाद्यान्नमा देशलाइ आत्मनिर्भर बनाउन ५५ अर्ब ९७ करोड विनियोजन गरिएको व्यवस्था सरहानीय रहेको चेम्बरले जनाएको छ। कृषि क्षेत्रको सुधारका लागि उत्पादित कृषि वस्तुको सहज बजार पहुँचका लागि कृषि एम्बुलेन्सको व्यवस्था, बाँझो जमिनको उपयोगजस्ता नवीनतम व्यवस्था दीर्घकालीन दृष्टिकोणले सरहानीय कदमका रुपमा लिन सकिने चेम्बरको भनाइ छ। ‘कृषिलाई प्रवर्द्धन गर्न ५ खर्बको कृषि लघुवित्त कोषको स्थापना अत्यन्त स्वागतयोग्य कदमको रुपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् आर्थिक वर्ष २०७९÷८०को बजेटबारे नेपाल चेम्बर अफ कमर्सको अवधारणा
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19