काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका हरेक नाराको एउटा सार्थक उद्देश्य रहेको बताएका छन्।
सांसदहरुले बजेटमा उठाएका प्रश्नको जाबफा दिने क्रममा आज प्रतिनिधिसभामा अर्थमन्त्री महतले बजेटमा उल्लेखित नाराका बारेमा प्रस्ट पारेका हुन्।
‘बजेटमा नारै–नारा आयो भनिएको छ’, उनले भने, ‘त्यो नारा खाली नाराको लागि आएको छैन। बजेट विनियोजन, कार्यक्रम र एउटा लक्षित उद्देश्यका साथ ती नाराहरु आएका छन्।’
‘हरेक क्षेत्रमा हामीले नाराको कुरा उठाएका छौँ’, अर्थमन्त्री महतले ‘एउटा सार्थक उद्देश्यका साथका ती कुराहरु अगाडि बढाएका छौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19