काठमाण्डौ ।  सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत उपभोक्ता मुद्रास्फितिमा चाप पर्ने गरी पेट्रोलियम पदार्थमा कर लगाउने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा सडक बनाउनका लागि भन्दै पेट्रोलियम पदर्थामा प्रतिलिटर १ रुपैयाँ अतिरिक्त कर लगाउने घोषणा गरेका हुन् । 

खतिवडाले सडक विकासका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाइने बताएका हुन् । 

सरकारले यसअघि पनि बजेटमार्फत नै बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर लिने घोषणा गरेको थियो । यो कर अहिले पनि लिइँदै आएको छ । 

तत्कालै मूल्य नबढे पनि सरकारलाई दिने पैसा उपभोक्ताबाटै उठाउनुपर्नेछ । सरकारले यो वाहेक सडक मर्मतसंम्भार कर भन्दै पेट्रोलमा चार रुपैयाँ र डिजलमा दुई रुपैयाँ लिदै आएको छ।

अर्थमन्त्रीले सरकारले निर्माण गर्ने सबै सडक कम्तीमा २ लेनको हुने घोषणा समेत गरेका छन् ।