काठमाण्डौ । भारतको संसदमा वित्त वर्ष २०२१–२२ को बजेट पेस भएको आज भारतीय सेयर बजारमा उछाल आएको छ।

आज बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स २३१४.८४ अंक अर्थात ५ प्रतिशतले बढेको छ। योसँगै बीएसई ४८६००.६१ को विन्दुमा पुगेर बन्द भएको छ। 

आज निफ्टी इन्डेक्स पनि ६९३ अंक अर्थात ५.०९ प्रतिशतले बढेर १४३२८ को विन्दुमा उक्लिएको छ। 

बजेट पेस भएको दिन यति धेरै सेयर बजारमा उछाल आएको यो २४ वर्षयताकै धेरै हो। यसअघि सन् १९९७ मा बजेट पेस भएको दिन भारतीय सेयर बजारमा उछाल आएको थियो। 

सन् १९९७ मा संसदमा बजेट पेस हुँदा इन्डेक्स ६ प्रतिशतले बढेर बजार बन्द भएको थियो। 

आज निफ्टीको बैंक इन्डेक्स ८.८१ प्रतिशत बढेर ३३२५७ विन्दुमा पुगेर बन्द भएको छ। यो अहिलेसम्म उच्च पनि हो। 

आज बीएसईमा ३ हजार १२९ कम्पनी सेयर कारोबार भए। जसमा १ हजार ९४७ कम्पनीको सेयरमा उछाल आयो भने ९८१ कम्पनीको सेयरमा गिरावट आएको छ। अर्थात् ६२ प्रतिशत कम्पनीको सेयरमूल्य बढेका छन्। – एजेन्सी