काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला बैंकबीच बिग मर्जरको अभियान थालिने घोषणा गरेका छन् । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले बिग मर्जरको नीतिलाई प्राथमिकता दिइने घोषणा गरेका छन् । 

हाल जारी बैंक तथा वित्तीय संस्थाको मर्जरको प्रक्रियालाई जारी राख्ने र ठूला बैंकबीच समेत मर्जर गर्न प्रोत्साहन गरिने बताएका हुन् । 

यस्तै, बैंकमा झै बिमा कम्पनीहरुमा समेत मर्जर नीतिलाई प्राथमिकता दिइने अर्थमन्त्रीले घोषणा गरेका छन् । 

यस्तै, उनले सुनचाँदी र बहुमूल्य धातु पनि निक्षेपकै रुपमा जम्मा गर्न सकिने व्यवस्था गरिने घोषणा गरेका छन् ।