काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी बजेटमा हावादारी र लोकप्रिय कार्यक्रम नसमेट्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार अध्यक्ष नेपालले यस्तो सुझाव दिएका हुन्। ‘बजेटमा हावादारी र लोकप्रिय कार्यक्रमसमेत समेट्ने परिपाटी रहेको छ’, उनले भने, ‘त्यस्तो कार्यक्रम नल्याउन म सरकारसँग आग्रह गर्छु।’
अध्यक्ष नेपालले सरकारको नीति तथा कार्यक्रम धेरै राम्रा कार्यक्रम समेटिएको तर कार्यान्वयनमा भने शंका रहेको पनि बताए।
‘आर्थिक वृद्धि, कृषि उत्पादन, पर्यटन प्रवर्द्धन, विकास निर्माणसँगै सामाजिक न्याययस्ता धेरै कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्’, उनले भने, ‘धेरै राम्रा योजना समेटिएका छन् तर यहाँ शंका कार्यान्वयनको छ। किनकि हाम्रोमा बोल्ने एक तर गर्ने अर्को संस्कृति छ। यसलाई सरकारले ख्याल गर्नुपर्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago