काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७७/७८ का को बजेटका लागि पूूँजीबजारका विषयमा नेपाल सरकारलाई स्टक ब्रोकरहरुले सुुझाव दिएका छन् ।

आ.व.२०७७/७८ को बजेटमा पूूँजीबजारको विकास तथा विस्तारका लागि धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सुझाव दिएको हो । 

एसोसिएसनका अनुुसार दीर्घकालीन सेयर लगानीमा पूूँजीगत लाभकर नलाग्ने व्यवस्था वा कम लाग्ने हुनुपर्ने, लगानीकर्ताले हाल तिरिहेको ५ प्रतिशत पूूँजीगत लाभकरलाई नै अन्तिम करका रुपमा स्वीकार गर्ने नीतिगत व्यवस्था हुनुपर्ने सुुझाव दिइएको छ । 

यसैगरी, लाभांश कर दोहोरो भएकाले पूूर्ण रुपमा खारेज हुनुपर्ने पनि सुुझाव छ।

पूूँजीबजारका विषयमा तालिम वा शिक्षा प्रदान गर्ने आधिकारिक तालिम केन्दको स्थापना हुनुपर्ने र स्टक ब्रोकरहरुलाई लाग्दै आएका आयकरमा कटौती हुनुपर्ने माग गरिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको भनाइ छ ।

ब्रोकरेज सेवा विस्तार गर्न कारोबार प्रतिनिधिको नियुुक्ति प्रावधान बजेटबाटै नीतिगत व्यवस्थाका लागि सुुझाव पेश गरिएको अध्यक्ष रानाभाट बताउँछन् ।