काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१को बजेट पेस गर्न अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद भवनमा पुगेको छन्। 

संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्नेछन्। 

केहीबेरअघि मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो । मन्त्रिपरिषद्बाट पारित भएको बजेट प्रस्तुत गर्न अर्थमन्त्री महतले संसद पुगेका हुन्। बजेटको अकार १७ खर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान गरिएको छ।

बजेट अपराह्न ४ बजे पेस गर्ने कार्यक्रम रहेको तय भएको थियो। 

संवैधानिक व्यवस्थाअनुसार बजेट जेठ १५ गर्नुपर्ने व्यवस्था रहेको छ।