काठमाण्डौ। मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

बडादसैँका अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार बिहीबारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।   

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४, कुरिनटारबाट १० मिनेटमा पुग्ने केबलकार रहेको छ ।

विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।