काठमाण्डौ। नेपालीहरुको महान चाड बडादसैँको उपलक्ष्यमा ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित सानिमा बैंक लिमिटेडले आजबाट निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।
यो योजना असोज मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) भुक्तानीको व्यवस्था गर्न सकिने पनि बैंकको भनाइ छ।
यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा रु. ३ हजारबराबरको सामान खरिद गर्दा रु. ५०० को निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएम सञ्चालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago