काठमाण्डौ । नेपालीको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ।

उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गतेदेखि असोज १८ गतेसम्म सामानको खरिदमा अग्रिम छुट प्राप्त गर्नेछन्। सो सम्झौताअनुरुप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २०% अथवा रु. २ हजारसम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% अथवा रु. २ हजार ५०० सम्मको छुट पाउनेछन्। सो सहमतिपश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकले दराज अनलाईन सपिङमार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन्। 

यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकलाई सरसामान खरिदलगायत अन्य गतिविधिहरुका लागि डिजिटल बैंकिङ प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ। 

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।